‘थलाइवी’को पोष्टरमा कंगनाको लुक सार्वजनिक, भइन् ट्रोल शिकार

विराटनगर, ८ मंसिर । बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतको मुख्य भूमिका रहेको फिल्म ‘थलाइवी’को पोष्टर तथा टिजर सार्वजनिक गरिएको छ । तामिलनाडुकी स्वर्गिइ पूर्वमुख्यमन्त्री जयललिताको बायोपिक कथामा निर्माण भएको फिल्मको सार्वजनिक भएको पोस्टरमा कंगनालाई चिन्न एकदम गार्हो छ ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै ‘जयललिता बायोपिकको पहिलो झलक, थलाइवीको भूमिकामा कंगना रनौत, विजयको निर्देशन, विष्णु इन्दुरी र शैलेश आर सिंहको निर्माण र २६ जून, २०२० मा रिलिज हुने’ भन्दै सबै जानकारी दिएका छन् ।

फिल्मलाई सन् २०२० को जुन २६ मा रिलिज गर्ने तयारीमा रहेको छ । कंगना यही फिल्मको सुटिङमा व्यस्त रहेकी छन् । साथै, सेयर गरिएको भिडियोमा जयललिताको जीवनका दुई भिन्न पाटोस पहिलो उनको नायिका बन्ने सुरुवाती अवस्था र दोस्रो जब राजनीतिक करियरको सुरुवात देखाइएको छ । फिल्ममा कंगनाको फर्स्टलुकले मिश्रित प्रतिक्रिया पाइरहेको छ भने कंगना ट्रोलको समेत शिकार भएकी छिन् ।

Loading...