पृथ्वीनारायण शाहले आक्रमण गर्दाको ‘कीर्तिपुर’ युट्युवमा रिलिज (भिडियोसहित)

विराटनगर, ८ मंसिर । ऐतिहासिक नेपाली फिल्म ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ युट्युवमा रिलिज भएको छ । इन्टरटेनमेन्ट नेपाली टिभी नामक युट्युव च्यानलमार्फत् फिल्मलाई सार्वजनिक गरिएको हो ।

फिल्म निर्माण सम्पन्न भएको करिब ८ पाँच वर्षपछि असार १३ गतेका दिन प्रदर्शनमा आएको थियो । प्रदीप खड्गीको निर्देशनमा तयार भएको फिल्ममा अभिनेता यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा यशराजले राजा पृथ्वी नारायणको र कीर्ति लक्ष्मीको भूमिका हिसिलाले निभाएकी छन् । साहित्यकार बासु पासाङद्धारा लिखित भैरवसिंह नामक उपन्यासमा आधारित रहेको उक्त फिल्मको ९० प्रतिशत दृश्यलाई एनिमेसन गरिएको छ । शंकर महर्जन र नवीन जोशीले मिलेर फिल्मलाई काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा छायांकन गरिएको छ ।

अनन्तकुमार श्रेष्ठ, वीरेन्द्र ताम्राकार र प्रेम खड्गीको संयुक्त लगानीमा फिल्मको निर्माण गरेका छन् । एकिकरणको अभियानमा १८ औं शताब्दिमा राजा पृथ्वी नारायण शाहले कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित रहेर फिल्मलाई फोकस पिक्चर्सको व्यानरले निर्माण गरेको छ ।

https://youtu.be/-iaHf5FkfOw

Loading...