fbpx

श्रीमतीले लड्डु मात्र खान दिएको भन्दै सम्बन्ध विच्छेद

विराटनगर, ८ मंसिर । सम्बन्ध विच्छेद हुनुका विभिन्न कारणहरू हुनेगर्छ । श्रीमतीले लड्डु मात्र खान दिएको भनेर श्रीमानले सम्बन्ध विच्छेदको निवेदन दिएको खबर सार्वजनिक भएको छ ।

भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका केवल ४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । लड्डुका अलावा अन्य केही खानेकुरा नदिएको आरोप लगाउँदै श्रीमानले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको बताएका छन् । पतिका अनुसार अंधविश्वास तथा तांत्रिकले भनेका कारण पत्नीले केवल बिहान ४ वटा लड्डु तथा बेलुका ४ वटा लड्डु मात्र खान दिने गरेको र लड्डुका अलावा केही पनि खान नदिएको बताएका छन् ।

पति केही समय पहिले बिमारी भएका कारण पत्नीले तांत्रिकलाई देखाउँदा यदि सबै कुरा मनाउनु छ भने नियमित लड्डु ख्वाउन सल्लाह दिएदेखि यो सिलसिला जारी रहेको पतिले थपे । मेरठ फैमिली कोर्टका काउंसलरका अनुसार, यो मामिला सुनेर आफूहरू पनि हैरान रहेको र आफूहरूले यी दुईलाई सुझावका लागि बोलाए पनि यिनीहरूको अन्धविश्वासको उपचार गर्न नसक्ने बताएका छन् ।

दुवैको विवाह भएको १० वर्ष भइसकेको थियो । उनीहरूको तीनजना बच्चा पनि रहेका छन् ।

Loading...