fbpx

गलत संगतले दुर्व्यसनी, आत्मविश्वासले छुट्कारा

सामाजिक अभियन्ता बसन्त अधिकारीको लागूऔषध सेवन अनुभव

सुनसरीको सीतागञ्जमा जन्मेका बसन्त अधिकारी सामाजिक क्षेत्रक सक्रिय युवा अभियन्ता हुन् । आफ्नो खराब हिजोलाई सुधारेर सम्मानजनक आज बनाउन सफल बसन्त युवा पुस्तामाझ चर्चित छन् । ‘विकल्प एन अल्टरनेटिभ’ संस्थामार्फत समाज सेवामा सक्रिय उनले ‘गरिखान देऊ’ भन्ने चर्चित अभियानमा पनि सहयोग पुर्‍याएका थिए ।

सक्रिय र सकारात्मक सोचका धनी बसन्त कुनै बेला लहैलहैमा लागूऔषध सेवन गर्ने साथीहरूको संगतमा परेका बसन्त कुलतमा फसे । तर, उनी आफ्नो बलियो आत्मविश्वासले गर्दा समयमै कुलतबाट मुक्त हुन सफल भए । अभियन्ता बसन्त आफ्नो लागूऔषध दुर्व्यसनी हुँदाको अवस्था यसरी सुनाउँछन्….

asdf

विराटनगरको जनपथ माविमा भर्ना भएर मैले शिक्षाको अध्ययन सुरु गरेको हुँ । ममा सानैदेखि फरक काममा रुचि थियो । पढ्दापढ्दै हुलाक टिकट र सिक्काहरू संकलन गर्न थालेको थिएँ ।

जसले गर्दा मेरो मावि तहको पढाइ कमजोर भयो । एसएलसीमा म एकपटक फेलै भएँ । एसएलसीमा फेल भएपछि मसँग गर्नलाई केही थिएन । यसैले म विराटनगरको पिचरा चौकमा साथीभाइहरूको झुण्डमा सामेल हुन रमाउँथेँ ।

घरको खाना खाएर चौकमा केटाहरूको झुण्डमा रमाउँथे

झुण्डमा सबैखाले साथीहरू हुन्थे । केही राम्रा थिए त कोही झगडिया । साथीभाइसँग मज्जाले उठबस हुन थालेपछि घरमा खाना खाएर अरुबेला प्रायः चौकतिर केटाहरूसँगै रमाउँथेँ । चौकमा दिनभर हुने केटाहरूको केही काम हुँदैन थियो ।

उनीहरू दैनिक सिनेमा हलमा सिनेमा हेर्न पुग्थे । उनीहरू कसैलाई पनि सिनेमा हेर्नलाई पैसा लाग्दैनथ्यो । सिनेमा हलमा पैसा नलाग्ने भएपछि केटाहरूको दिनचर्या सिनेमा हल र पिचरा चौकमै बित्न गर्दथ्यो ।

सिनेमा हलमा ब्लाकमा टिकेट बिक्री गर्ने मानिसहरूको संरक्षण गर्ने मानिस थिए, घुम्रे दाइ । घुम्रे दाइले मलगायत सिनेमा हलमा दैनिक आउने केटाहरूलाई दुई–चार दिनको अन्तरालमा बीस, पचास, सय नगद दिइरहन्थे । सायद उनी आफ्नो वरिपरि चेलाचपेटाहरू छन् भन्ने देखाएर आफ्नो रवाफ बनाइरहन चाहन्थे ।

….

हाम्रो हुलमा भएका केही केटाहरू पैसा हात पर्न साथ कोही लागूऔषध खरिद गर्थे । कोही चाँही मादक पर्दाथ सेवन गर्थे । म यस्तै केटाहरुको पछिपछि लागेर हिड्थें । दुई-तीन महिनासम्म त्यहीँ साथीहरूसँगै हिँडेँ । तर, उनीहरूसँग हिँड्दा मैले धेरै लामो समय कहिल्यै लागूऔषध र मादकपर्दाथ चाखिनँ ।   अरुले खाएको देखेर मलाई पनि खाँदा कस्तो हुँदो रहेछ भत्रे जिज्ञासा मनमा उठथ्यो । मनमा उठेको जिज्ञासाको उत्तर दिनलाई मैले एकदिन अरुले खाँदा, प्रयोग गर्दा देखेको सबै चिजहरू उपभोग गरे । मलाई रमाइलो महसूस भयो ।

दिनहरु बित्दै गए । साथीसङ्गत सबै उस्तै । जस्तो संगत उस्तै व्यवहार भनेझैँ मैले पनि साथीहरूले मात्र हैन आफ्नै गाउँका अरु ठूला दाइहरूले पनि लागूऔषध, मदिरा सेवन गरिरहेको देखेँ ।

लागूऔषध र मदिराको स्वादको रमाइलो मैले अनुभव गरिसकेका थिए । तर दोस्रो पटक सेवन गरेकाे थिइँन । धेरै दिनको अन्तरालपछि प्रयोग गर्दै छाड्दै गर्न थालेँ । एक दिन सेवन गर्ने अनि छ–सात दिनपछि पुनः सेवन गर्नेगर्दा ममा एक किसिमको आत्मविश्वास जाग्यो ।

साथीहरूको झुण्डमा कहिलेकाँही ‘ग्याङ फाइट’ पर्दथ्यो, प्रायः मदिराको पार्टीमा भइरहने ग्याङ फाइटमा म पनि सामेल हुन्थेँ । प्रहरीसँग जम्काभेट भएपछि प्रहरीको भ्यानमा प्रहरीचौकीसँम्म पनि पुगेको छु ।

मैले लागूऔषधको सेवन र मदिराको प्रयोग मान्छेले भनेको जस्तो नहुने निष्कर्ष निकालेँ । मलाई लाग्यो यसको प्रयोग/सेवन आफूले चाहेअनुसार गर्न सकिन्छ । र, मन लागेको बेला छोड्न पनि सकिन्छ । मान्छेले भनेको जस्तो छोड्न गाह्रो हुँदैन रहेछ भन्ने मैले महसूस गरेँ ।

यहीँ विश्वासले मैले यसको प्रयोगलाई निरन्तरता दिन थालेँ । केटाहरूको झुण्डमा कहिलेकाँही ग्याङ फाइट हुन्थ्यो । म पनि त्यहाँ सामेल हुन्थे । प्रायः मदिराको पार्टी भइरहन्थ्यो । म पनि त्यहाँ पनि सहभागी हुन्थेँ । कहिले हुलदङ्गामा प्रहरीसँग जम्काभेट हुन्थ्यो । त्यस्तो बेला प्रहरी भ्यानमा म पनि प्रहरी चौकीसम्म पुगेको छु । संगतगुनाको फल मेरो बेराजगार हुल्याहा उमेर यसरी नै घुमिरह्यो ।

….

क्याम्पसमा कक्षा नलिए पनि, परीक्षा नदिए पनि म घरमा कहिले टियुसन् फिस त कहिले क्याम्पसको फिस तिर्ने भनेर पैसा मागिरहन्थेँ । यो पैसा मैले सही ठाउँमा कहिल्यै खर्च गरिनँ । पैसा पाउनासाथ म नेपाल–भारत सीमा नजिकै पर्ने जोगबनी जान्थेँ ।

लागूपदार्थ सेवन गर्थे र नशाको तालमा कलेज आइपुग्थेँ । डिप्लोमा लेभलसम्म आइपुग्दा मेरो समाजमा बदनामी सुरु भइसकेको थियो । आफ्नै स्वास्थ्य पनि बिग्रँदो अवस्थामा पुगिसकेको थियो । म कतिसम्म भइसकेको थिएँ भने, कोही राम्रोखाले साथी देख्नसाथ पैसा माग्थेँ ।

गलत संगतको खर्च धान्न मैले आफूसँग साथमा पुग्दो पैसा नभएपछि साथीहरूसँग मिलेर अरुको घडी लुट्न, साइकल चोर्न पनि पछि परिनँ ।

म लागूऔषध दुर्व्यसनी हुँ भत्रे थाहा भइसकेको हुनाले साथीहरू मलाई मागेको पैसा दिनुको साटो अर्तिउपदेश दिन्थे । तर, मलाई अर्तिउपदेश राम्रो लाग्दैनथ्यो । यसैले म अर्तिउपदेश दिने मानिसहरूबाट टाढै रहन्थेँ । जसले गर्दा मेरा राम्रो साथीहरूसँगको संगत घट्दै गएको थियो । मसँग प्रायः लागूपर्दाथ र मापसे सेवन गर्ने गराउने साथीहरू मात्र हिँड्न थाले । गलत संगतको खर्च धान्न मैले आफूसँग साथमा पुग्दो पैसा नभएपछि साथीहरूसँग मिलेर अरुको घडी लुट्न, साइकल चोर्न पनि पछि परिनँ ।

….

मेरा खराब गतिविधिहरु देखेर परिवारमा रुवाबासी हुन्थ्यो । म आफन्त, साथीभाइ, टोल, छिमेक सबैमा उनी कपुत भइसकेका थिएँ । तर, मलाई यी सबै कुरासँग केही मतलब थिएन । मलाई आज कसरी हुन्छ खानु पर्छ भत्रे चासो हुन्थ्यो । त्यो नै मलाई महत्त्वपूर्ण लाग्थ्यो । म विशेषगरी औषधिजन्य लागूपदार्थ, रक्सीजन्य मादक पदार्थ र सूर्तीजन्य धूम्रपान उपभोग गर्थेँ। मेरो यो यात्रा नौ वर्षसम्म लगातार चलिरह्यो ।

….

लागूऔषध दुर्व्यसनीमा लागिरहे पनि मेरो मनले भने म यस्तो किसिमको मान्छे हुँदै हैन भनिरहेको हुन्थ्यो । म यस्तो बन्नलाई जन्मेको नै हैन, म यस्तो हैन केही राम्रो काम गर्न सक्छु भत्रे कुरा अन्तरकुन्तर मनमा आइरहेको हुन्थ्यो । मलाई जहिल्यै मैले केही गर्नुपर्छ, म यस्तो अवस्थामा रहनु हुँन्न, म परिवर्तन हुत्रै पर्छ भन्ने भान हुन्थ्यो । यसै क्रममा एकदिन ‘अब चैं अत्ति नै भो’ भन्ने किसिमको बोध भयो र यी सबै कुरा रोकेर गलत बाटो त्याग्ने प्रण गरे । तर, हिँडिरहेको बाटो मोड्न भने भनेजस्तो सजिलो थिएन ।

….

मैले नशामा भएकै बेला फोहोर मैला व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका बाबुराजा श्रेष्ठसँग भेट गरी म पनि केही गर्न चाहन्छु, यत्तिकै मर्न चाहन्नँ भनेर सुनाएँ

मैले आत्मविश्वास बनाएँ । केही राम्रो गर्छु, खराब बाटो त्यागेर सही बाटोमा हिँड्छु भन्ने प्रण त गरे तर सुरु कहाँबाट गर्नुपर्छ मेसो नै पाइँन । तरपनि मलाई केही चाहिँ गर्नुपर्छ भत्रे लागिरहेको थियो ।

यत्तिकैमा विराटनगर महानगरपालिकासँग समन्वय गरेर महानगरको फोहोर मैला व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका बाबुराजा श्रेष्ठलाई केही गर्न सक्छु कि भनेर भेटेँ । श्रेष्ठलाई भेट्न जाँदा म नशामा झुमिरहेको थिए ।

श्रेष्ठलाई मैले युवा विकास कार्यक्रम र युवा साथी क्लबको कार्यक्रमहरूमा स्वयंसेवकको रूपमा सहभागी हुँदा चिनेको थिएँ । म लागूपदार्थ दुर्व्यसनमा लागे पनि क्लबहरूले आयोजना गर्ने हरेक कार्यक्रमहरूमा भने स्वयंसेवक भएर सहभागी हुने गर्थेँ ।

sadf

श्रेष्ठलाई भेटेर मैले आफू यत्तिकै मर्न नचाहेको, केही गरेर देखाउन चाहन्छु, तपाईंजस्तै राम्रो मान्छे बन्न चाहन्छु भनेर नशामा झुम्दै सुनाएँ । मेरो सबै कुरा सुनेपछि श्रेष्ठले मलाई स्वयंसेवकको रूपमा फोहोरमैला व्यवस्थापनमा काम दिने बताए ।

बाबुराजाले मलाई ‘तिमी कस्तो मान्छे हौ म चिन्छु, मैले दिएको यो अवसरको सदुपयोग गर्‍यौ भने तिम्रो र परिवार लागि पनि राम्रो हुन्छ । मेरो सानो सहयोगले कसैको जीवनमा परिवर्तन हुन्छ, कोही सुध्रन्छ भने म सहयोगको लागि तयार छु । तर, यदि गर्न सकेनौँ भने मैले बालुवामा पानी खन्याँएछु भनेर बुझ्ने छु’ भनेर काम दिए ।

sdf

मैले कामको अवसर त पाएँ तर मेरो अवस्था लागूऔषध प्रयोग नगरी बस्न सक्ने थिएन । काम गर्न धेरै गाह्रो भयो । हैन म नखाइकन बस्न नसक्ने रैछु भनेर मैले जोगबनी जान धेरै प्रयास गरे । तर बाबुराजा श्रेष्ठको घर जोगबनी जाने बाटोतिर नै पर्ने भएकाले म फुत्त जान सक्दिँनथेँ । किनभने मलाई कसैले पनि विश्वास नगरिरहेको बेलामा बाबुराजा सरले विश्वास गरेर काम दिएका थिए । यस्तै अवस्थामा रहे मलाई कसैले पनि पत्याउँदैनन् भन्ने सोच्थे र आधा बाटोसम्म पुगेर फर्किन्थेँ ।

….

लागूऔषध दुर्व्यसनीलाई चटक्कै छोडेर पढाइ क्षेत्र रोजेँ र कुलतमा फसेर रोकिएको मेरो डिप्लोमा तहको पढाइलाई पूरा गरेँ ।

बिस्तारै मैले लागूऔषध दुर्व्यसनीमा खर्च भइरहेको उर्जालाई अरु कुनै क्षेत्रमा खर्चिने योजना बनाएँ । र, अध्ययन क्षेत्रलाई रोजेँ । फुर्सदको समयमा विभित्र पुस्तकहरूको अध्ययन थालेँ । समयको सदुपयोग हुन थाल्यो । मेरो पुस्तक पढ्ने रुचि बढ्न थाल्यो । म स्वदेशी–विदेशी सबैखाले लेखकहरूको कृतिहरू खोजीखोजी पढ्न थालेँ । अध्ययनले उनमा स्वअध्ययनमा पनि सहयोग पुर्‍यायो । कुलतमा फसेर रोकिएको मेरो डिप्लोमा तहको पढाइलाई पनि मैले पूरा गरेँ ।

प्रस्तुति : बबिता लिम्बू (बबिता कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार हुन्)

Loading...