प्रेम र विछोडको कथा रहेको ‘प्रेम संसार’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, ८ मंसिर । लभस्टोरीमा आधारित रहेर निर्माण भएको फिल्म ‘प्रेम संसार’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा फिल्मको मूल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ ।

ट्रेलरमा फिल्मका दुई मुख्य कलाकार नवअभिनेता प्रेम सोनी र नवअभिनेत्री आयुष्मा कार्कीबीचको प्रेम, प्रेममा आउने उतारचढाव तथा बिछोड देखाइएको छ भने फिल्मलाई यीनै विषयमा केन्द्रित गरिएको छ । यहीँ मंसिर २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मलाई राम गौतमले निर्देशन गरेका हुन् ।

फिल्ममा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विकलगायतका कलाकारहरूको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको निर्माण र कथा लेखन प्रेमबहादुर सुनारले गरेका हुन् ।

दीपेन बस्न्यातको छायांकनमा तयार भएको फिल्ममा शंखर महर्जनको द्वन्द निर्देशन रहेको छ । फिल्ममा विवि अनुरागी र अर्जुन पोखरेलको गीत तथा संगीत रहेको छ । प्रेम गर्ने जोडीको कथामा फिल्म बनेको र फिल्म निकै राम्रो बनेको बताउँदै अभिनेता प्रेमले दर्शकहरूलाई एकपटक फिल्म हेरिदिन आग्रह गरेका छन् ।

Loading...