केही दिनमा ‘साङ्लो’ को गीत सार्वजनिक, फेरियो प्रदर्शन मिति

विराटनगर, ८ मंसिर । चर्चित अभिनेता विराज भट्टको निर्देशनमा र पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनयमा डेब्यू रहेको फिल्म ‘साङ्लो’को नयाँ गीत सार्वजनिक हुने भएको छ ।

निकिताले आफ्नो औपचारिक सामाजिक सञ्जाल इन्सटाग्राममा फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्ममा समावेश गरिएको गीत केही दिन मै सार्वजनिक हुन आँटेको खुशी आफ्ना फ्यानहरूमाझ साटेकी छन् ।

फिल्ममा विराजको जोडी निकितासँग बाँधिएको छ । किड्नी तस्करीको कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा विराज र निकिताले एक अर्काको श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनीहरू प्रेमी–प्रेमिका हुँदै श्रीमान्–श्रीमती बनेको देखाइएको छ ।

asf

फिल्ममा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत भरेका छन् ।

फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मलाई भोजपूरी भाषामा पनि डब गरिएको छ । विराजले करिब ३ वर्षदेखि नेपाली फिल्ममा अभिनयमा कमब्याक गर्दै निर्देशनमा डेब्यू गरेका छन् । विराजले आफ्नो फिल्मी करिअरमा पहिलोपटक फिल्म निर्माण र निर्देशनमा हात हालेका हुन् ।

काफिया फिल्मस् र एफडी वितरक कम्पनीले फिल्मको प्रदर्शन मितिलाई सारेर फिल्मलाई अब भने माघ २४ गते प्रदर्शनमा ल्याउने भएको छ ।

Loading...