fbpx

अबैध सम्बन्धका कारण कारी यादवको हत्या, हत्या आरोपमा श्रीमान श्रीमती पक्राउ

इनरूवा, ६ मंसिर । इनरुवा ३ सोमबारेका ४५ वर्षिय कारी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अशोक पण्डित र अनिता पण्डितलाई पक्राउ गरेको छ । यादव हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे प्रहरीले पक्राउ गरेका अशोक र अनिता श्रीमान श्रीमती हुन् ।

यादवको शव बुधबार बिहान इनरुवामा फेला परेको थियो । प्रहरीले  प्रकाउ गरेका अशोक र अनितालाई  कारीका छिमेकी हुन ।

अबैध सम्बन्धले लियो ज्यान

प्रहरीका अनुसार अशोक बैदेशिक रोजगारी गएपछि एक वर्षयता अनिता र कारीबीच अबैध सम्बन्ध थियाे । वैदेशिक रोजगारीमा रहदा श्रीमतीकाे अबैध सम्बन्धमा बारेमा अशाेकले सुनेका थिए । तर मंगलबार राती साढे ११ बजे कारी यादव र अनितालाई अशोकले आफ्नै घरको बरण्डामा आपत्ती जनक अवस्थामा भेटे ।

श्रीमती परपुरुषसँग भेटिएपछि अशोकले धारिलो हतियार प्रहार गरी कारीको हत्या गरेका हुन् । राति एउटै ओछ्यानमा रहेकी श्रीमती नदेखेपछि बाहिर निस्कीएर हेर्दा आपत्ति जनक अवस्थामा भेटेपछि आवेशमा हत्या गरेको अशोकले स्वीकार गरिसकेका छन् ।

प्रहरीका अनुसार अनितालाई कारीले घटना भएकाे रात दुई पटक फोन गरेको देखिन्छ । अनिताले भने श्रीमान भएकाले भोलीपल्ट मात्र भेट्न आग्रह गरेकी थिइन् । तर कारीले मानेनन् ।

जरवजस्ती गरेपछि अनिता  घरको बरण्डामा निस्किइन् । बरण्डामा आपत्ति जनक अवस्थामा भेटेपछि अशोकले कारीलाइ  ठेलेका थिए । ठेलेपछि केही क्षण बेहोस भएका उनले होस आएपछि माफी मागे पनि अशोकले धारिलो हतियार प्रहार गरे । त्यतीमा राेकिएन्न  प्लाष्टिक्सकाे डाेरीले घाटी रेटेर हत्या गरी शव केही पर लगेर फालिदिए । शव फाल्न भने श्रीमान श्रीमती नै निस्किएका थिए ।

प्रहरीले कारीको कल डिटेलका आधारमा अनितालाई पक्राउ गरेको थियो । अनितामाथि केरकार गर्दा उनका श्रीमान पक्राउ गरेको सुनसरीका प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलले जानकारी दिए ।

Loading...