fbpx

मानव अधिकारलाई सम्मान गर्न प्रदेश प्रमुख प्यासीको आग्रह

विराटनगर,६ मंसिर । एक नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘ प्यासी ’ ले मानव अधिकारलाई सबैले सम्मान गरेमात्र परिवर्तन दिगो हुने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार रक्षक सञ्जाल, ईन्सेक एक नम्बर प्रदेश कार्यालय र मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको स्वागत तथा अवस्था सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अधिकारीले मानव अधिकारको आवाजकै कारण देशमा परिवर्तन सम्भव भएकोले उपेक्षा गरे दिगो नहुने बताएका हुन ।

‘मानव अधिकारको बहालीकालागि नै मानव अधिकारबादी संघसंस्थाहरुको जन्म भएकोले कसैले उनिहरुको महत्वलाई कम आँकेमा पछुताउनुपर्ने अवस्था आउनेछ’ , –प्रद्रेश प्रमुख अधिकारीले भने ।’

पञ्चायती निरंकुशकालमा जनताले स्वतन्त्रता पूर्वक लेख्न र बोल्न पाउनुपर्छ भन्ने वकालत गर्दै नेपालमा मानव अधिकारबादी संस्थाहरु स्थापना भएको स्मरण गर्दै प्रदेश प्रमुख अधिकारीले अधिकारबादी सस्थाहरु परिवर्तनकारी शक्त्ति भएकोले कम आँकेमा पछुतो मात्र हुने बताए ।

उनले मानव अधिकारको रक्षा गर्नेहरुले शालिन व्यवहार अपनाउने भएकोले नरम भाषा बोले भन्दैमा कमजोर ठानेर कसैले पनि कम सोच्न नहुने बताए । प्रदेश प्रमुख अधिकारीले मानव अधिकारबादी र पैरवी गर्ने संस्थाहरुले पनि आफनो आदर्श, नैतिकता, स्वाभिमानको आचारणलाई कायम राख्नुपर्ने बताए ।

मानव अधिकार भनाईमा मात्र नभएर व्यवहारमा प्रकट हुनुपर्ने र खासगरि सबै खाले बिकासमा हुने बिभेद अन्तकालागि अधिकारबादीहरुले संघर्ष जारी राख्नुपर्नेमा प्रमुख अधिकारीले जोड दिए ।

उनले अधिकार प्राप्ती भएकै पाँच बर्ष यता महिलाहरुको व्यपाक रुपमा शसक्त्तिकरण हुन थालेको र क्रमश उनिहरु दयामायाबाट मुक्त्त हुदै जान थालेको बताए । यसैले उनले समाजमा पछाडी पारिएको बर्ग , समुदाय र कायम रहेका सबै खाले बिभेदको अन्त गराउन सबै लागिपर्नुपर्नेमा जोड दिए ।

मानव अधिकारको संरक्षक बनिदिन प्रदेश प्रमखुलाई आग्रह

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल , राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख मोहनदेव जोशी ,गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव उमेश बिश्वकर्मा, मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सदस्य मन्जिता उपाध्याय नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल ,ईन्सेक एक नम्बर प्रदेश कार्यालयका प्रमुख सोमराज थापा, मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय सल्लाहकार कोषराज न्यौपाने ,राष्ट्रिय मानव अधिकार रक्षक सञ्जाल एक नम्बर प्रदेश अध्यक्ष डिकप्रसाद घिमिरे , मानव अधिकारको रक्षाकालागि प्रदेश प्रमुखले सचेत भूमिका निर्वाह गर्नसक्ने सुझाव दिएका थिए ।

उनीहरुले प्रदेशमा प्रत्यक्ष हत्या , अपहरण र हिँसा कम भएपनि जातिय बिभेद , अमानविय व्यवहार , बोक्सी आरोप आदि घटनाहरु अझै समाजमा नियन्त्रण हुन नसकेको भन्दै मानव अधिकारको आयामलाई समाजिक अपराध नियन्त्रण गर्नेतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

Loading...