fbpx

जण्डिसको औषधि ‘पानी अमला’, यसरी प्रयोग गर्नुहोस्

विराटनगर, ६ मंसिर । विभिन्न रोगको औषधि आफ्नै वातावरण वरिपरि हुँदाहुँदै पनि कतिपय मानिसहरूले उक्त औषधिलाई पहिचान गर्न सकेका हुँदैनन् । कतिपयले भने थाहा पाउँदापाउँदै पनि प्रयोग गर्ने तरिका जानेका हुँदैनन् ।

गाउँघरमा पाइने पानी अमलाको बारेमा कतिपय मानिसहरूलाई थाहा नहुन सक्छ तर, पानी अमलामा विभिन्न औषधीय गुणहरू रहेका छन् । पानी अमला वन जंगलमा पाइने एक किसिमको झार हो जसको जमिनमुनि फलेको दाना औषधिको रूपमा सेवन गरिन्छ । यसलाई पानी अमला अर्थात् भुइँ अमला पनि भन्ने गरिन्छ ।

sadtgh

पानी अमलाको पुरै भागलाई मज्जाले सुकाएर यसलाई पिधेर धूलो बनाउनु पर्छ । आयुर्वेदमा उल्लेख गरिएअनुसार उक्त धुलोलाई ७ देखि ८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म नियमित सेवन गर्दा जण्डिस रोग निको पार्छ ।

साथै, यसको ताजै बोटलाई पिसेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । पानी अमला मधुमेहका रोगीहरूका लागि पनि लाभदायक मानिन्छ ।

Loading...