fbpx

लक्ष्मिनिया युवा क्ल्बको हाजरी जवाफ प्रतियोगिता

विराटनगर, ६ मंसिर । लक्ष्मिनिया यूवा क्लवले जहदा गाउँपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालयमा हाजरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका संस्थागत विद्यालयहरुबीच प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा जहदा गाउँपालिका – ५ मा रहेको लिटिल चाईल्ड इंगलिस बोर्डिङ स्कुल प्रथम भएको छ । बालबालिका स्कूल दोस्रो र मोर्डन इस्टर्न स्टार स्कुलले तेस्रो भए । जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलको प्रमुख आतिथिमा भएको सो प्रतियोगिताको उद्घाटन गर्दै भने हाजरी जवाफ प्रतियोगिताले विद्यार्थीमा नयाँ उर्जा थप्ने बताए ।

प्रतियोगितामा मुन राईड भौडाहा, लिटिल चाईल्ड स्कुल, चन्द्र सुर्य स्कुल, मोडन स्टर्न स्टार स्कुल, धु्रर्वतारा स्कुल, ज्ञान सागर स्कूल, बालवालिका स्कुल, सुप्रभा स्कुल ८ वटा विद्यालय सहभागी रहेको क्लवका अध्यक्ष नितेशकुमार साहले बताए ।

Loading...