fbpx

साग : महिला फुटबल टोलीको पहिलो प्रतिद्वन्द्वी श्रीलंका

काठमाडौं, ६ मंसिर । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ ।

नेपाल र श्रीलंकाबीचको यो खेल डिसेम्बर ३ मा हुनेछ । नेपाले डिसेम्बर ५ मा माल्दिभ्ससँग खेल्दा डिसेम्बर ७ मा भारतसँग खेल्नेछ । प्रतियोगितामा चार टिममात्र सहभागी रहेकाले राउण्ड रोविनको आधारमा प्रतियोगिता हुनेछ । जसमा अंकका आधारमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन ।

dfggd

महिला टोलीबीचको फाइनल खेल भने डिसेम्बर ९ मा हुनेछ । सागको महिला फुटबलमा चार टिमले मात्र खेल्नेछन् । सागको महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ भने नेपाल सबै सहभागितामा रजतमै सीमिति छ ।

Loading...