fbpx

साग : पुरुष फुटबलमा नेपाल समूह ‘ए’मा, पहिलो भिडन्त बंगलादेशसँग

काठमाडौं, ६ मंसिर । आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष फुटबल टोली समूह ‘ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार गरेको ड्र मा नेपाल समूह ‘ए’ मा परेको हो ।

समूह ‘ए’मा डिफेन्डिङ च्याम्पियन टोली नेपालसँगै बंगलादेश र भुटान रहेका छन् । तुलनात्मक रूपमा सहज समूह ‘ए’ मा परेको छ । नेपालले डिसेम्वर एक तारिखमा बंगलादेशसँग खेल्दै सागको सुरुआत गर्नेछ भने डिसेम्बर ५ मा भुटानसँग खेल्नेछ । समूह ‘बी’ भने तुलनात्मक रूपमा बलियो छ । उक्त समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

sdaf

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । त्रिपुरेरश्वरस्थित दरशरथ रंगशालामा हुने पुरुष फुटबलको फाइनल खेल भने डिसेम्बर १० मा हुनेछ ।

Loading...