fbpx

अध्ययनको निष्कर्ष : दुब्ला महिलाका भन्दा मोटा महिलाका श्रीमान् बढी खुशी

विराटनगर, ६ मंसिर । अलि अलि मोटी महिलासँग विवाह गरेका पुरुष धेरै खुशी हुने गर्छन् । मानिसको खुशी आफ्नो जीवनसाथीको शरिरको आकारबाट प्रभावित हुन सक्छ र भनेर धेरै प्रश्नहरू समेत आउने गरेको पाइन्छ । एउटा पुरुषले जीवनसाथीको बारेमा सोच्ने गर्दा उनीहरूको रोजाइमा आफ्नो हाइट अनुसारको अग्लो र दुब्लो केटी नै सोचेका हुन्छन् ।

तर, मेक्सिकोको एक विश्वविद्यालयले गरेको अनुसन्धानले आफ्नो मन सन्तुष्ट पार्न र खुशीका लागि आफ्नो जीवनसाथीको शरीरको आकारले प्रभाव पार्ने निष्कर्ष निकालेको छ । मेक्सिकोको नेसनल अटोनोमस युनिभर्सिटीको एक समूहले सयौ जोडीहरू माथि निरन्तर गरिएको उक्त अनुसन्धानले मोटी महिलासँग विवाह गर्ने पुरुष दुब्ला महिलासँग विवाह गर्ने पुरुषको तुलनामा धेरै खुशी हुने गरेको पाइएको छ ।

दुब्ला महिलाका श्रीमान् भन्दा मोटा महिलाका श्रीमान् १० गुणा बढी खुशी हुने उक्त अनुसन्धानको निष्कर्ष रहेको छ । अनुसन्धाताहरूका अनुसार दुब्ला महिलाहरुले आफूलाई कम अभिव्यक्त गर्ने हुँदा यसले जीवनसाथीको खुशीमा प्रभाव पार्छ । मोटी महिलाहरु आफ्नो साथीलाई जिममा जाने र फिट रहनको लागि पनि दबाब नगर्ने हुदा दुवै सँगै खानेकुरा खान मन पराउने गर्छन् ।

अध्ययनले मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउने र जीवनको लागि उनीहरूको व्यवहार धेरै सकारात्मक रहने तथ्य पनि पत्ता लगाएको छ । पुरुषहरू धेरै खुशी हुनुका साथै सेन्स अफ ह्युमर पनि राम्रो हुने गर्छ । यस्तो महिलाहरुको अगाडि खुलेर बोल्नु, आफुलाई व्यक्त गर्नु धेरै सजिलो हुन्छ ।

मोटी महिलाहरू स–सानो कुरामा पनि खुशी हुने हुदा उनीहरूलाई खुशी हुन कुनै ठूलो बाहाना चाहिदैन् । यस्तो जोडी साथ मिलेर हास्ने हुदा उनीहरुको जिन्दगी धेरै राम्रो हुन गइ सम्बन्ध पनि टिकाउ हुन्छ ।

Loading...