fbpx

अध्ययनको निष्कर्ष : नयाँ लुगा लगाउनु हानिकारक हुन सक्ने

विराटनगर, ६ मंसिर । नयाँ लुगाहरू स्वास्थ्यको दृष्टिकोणले हानिकारक हुने गरेको पाइएको छ । स्टोकहोम युनिवर्सिटीद्धारा गरिएको अनुसन्धानले नयाँ लुगाले शरीरमा हानिकारक विषादी समेत प्रवेश गराउन सक्ने कुराको खुलासा गरेको छ । उक्त अनुसन्धानले लुगा बनाउने क्रममा प्रयोग गरिएका रसायनहरूले शरीरमा गएर पसिनासंग मिसिन जादा विषादी बनि त्यसले शरीरमा विभिन्न खालका चर्मरोग निम्त्याउने गरेको पाइएको छ ।

नयाँ कपडा तयार गर्दा प्रयोग गरिने केमिकल्सले शरीरका लागि हानीकारक विषाक्त तत्व जम्मा गर्ने गर्छ । स्वीडिश तथा अन्तराष्ट्र्रिय क्लाथिङ चैनबाट लिइएको ६० वटा कपडाको नमूनाको परीक्षण गरेपछि नयाँ लुगा पनि हानिकारक हुन सक्ने निस्कर्ष निकालेका हुन् । सो अनुसन्धानले कतिपय त्यस्ता विषाक्त तत्वहरू कपडा धुँदा समेत नजाने बताएका छन् ।

प्रारम्भिक परीक्षणमा कपडामा हजारौँ केमिकल्सहरु रहेको र त्यो विषादीयुक्त हुने गरेको पाइएको छ । कपडामा प्रयोग गरिने रंग र केमिकल्सबाट एलर्जी सम्वन्धी तथा चर्म रोग सम्वन्धी विरामीको खतरा बढी हुनुका साथै वातावरणलाई समेत असर गरिरहेको हुन्छ ।जैविक कटनबाट बनेका कपडामा पनि विषादीयुक्त हुने ग्यारेन्टी नभएको अनुसन्धानकर्ताहरूले बताए ।

नयाँ लुगालाई प्रयोग गर्नु अगाडी एक पटक तातो पानीमा धुदा केहि हद सम्म यस्ता समस्याहरूलाइ समाधान गर्न सकिन्छ ।

Loading...