fbpx

‘झिंगेदाउ’को छायांकन सुरु

विराटनगर, ६ मंसिर । फिल्म ‘झिंगेदाउ’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन खोटाङको हलेसीबाट सुरु गरिएको हो । फिल्मको पहिलो सेड्यूलको छायांकन खोटाङमा हुने फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । त्यसपछि दोश्रो सेड्यूलको छायांकन भकुेन्डेवेसीमा बनाइएको विभिन्न सेटमा हुने भएको छ ।

फिल्म ‘झिँगेदाउ’मा अभिनेता मुकुन भुषाल, अभिनेत्री केकी अधिकारी, आँचल शर्मा र नवअभिनेता कुशल बिष्टको मुख्य भूमिका रहेको छ । फिल्ममा मुकुन र केकी तथा आँचल र कुशलको जोडी बाधिएको छ । साहित्यकार भीमनीधि तिवारीको‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर निर्माण हुने फिल्ममा महिला केन्द्रित विषयहरू उठाइएको छ ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुनेयस फिल्मलाई निर्देशक स्वयम्ले निर्माण गर्दै छन् । विष्णु कल्पितको छायांकनमा तयार हुने फिल्मको कला निर्देशक पासाङ टी शेर्पा रहेका छन् भने फिल्ममा अर्जुन पोखरेलले संगीत भरेका छन् । फिल्ममा पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहेको छ । फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा हुनेछ । फिल्ममा रोशन श्रेष्ठको एक्सन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Loading...