fbpx

रोनाल्डो र एम्बाप्पेलाई उछिन्दै मेस्सी बने उत्कृष्ट फरवार्ड

एजेन्सी, ६ मंसिर । बार्सिलोनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट फरवार्ड बनेका छन् । चर्चित खेल संस्था ‘ईएसपीएन’ले बिहीबार सार्वजनिक गरेको ‘बेस्ट फरवार्ड’को सूचीमा अर्जेन्टिनी स्टार खेलाडी मेस्सीले शीर्ष स्थान बनाएका हुन् ।

ईएसपीएनले पोजिसनका आधारमा सार्वजनिक गरेको उक्त सूचीमा फरवार्डतर्फ मेस्सी प्रथम भए । बार्सिलोनालाई अघिल्लो वर्षको ला लिगा जिताएका मेस्सीले आफ्ना खास प्रतिद्वन्द्वी तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो बेस्ट फरवार्डको सूचीको दोस्रो स्थानमा छन् ।

यस्तै तेस्रो स्थानमा भने विश्वकप विजेता तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी किलियन एम्बाप्पे तेस्रो स्थानमा छन् । अघिल्लो सिजनको लिग वानका सर्वाधिक गोलकर्ता एम्बाप्पे बेस्ट फरवार्डको सूचीमा तेस्रो हुँदा लिभरपुलका स्टार मोहम्मद सालाह चौथो स्थानमा छन् ।

sdaf

च्याम्पियन्स लिग विजेता सालाहभन्दा एक स्थान तल उनकै सहकर्मी रोबर्टो फिर्मिन्हो छन् । यसैगरी छैटौं स्थानमा बार्सिलोनाकै एन्टोइन ग्रिजम्यान हुँदा सातौंमा आर्सनलका पेर्रे–इमरिक आबुमेयाङ तथा आठौंमा पीएसजीकै नेयमार रहेका छन् । नवौं स्थानमा एथ्लेटिको मड्रिडका जाओ फेलिक्स हुँदा दसौं स्थानमा डच क्लब आयाक्सका डुसान टेडिक छन् ।

इएसपीएनले उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकको सूची सार्वजनिक गरेको हो । व्यक्तिगत क्षमताका आधारमा बनाइएको यस सूची बिहीबार सार्वजनिक गरिएको हो ।

Loading...