सन्तोष पन्तको ‘हिजो आजको कुरा’मा केकी र रीमासहित पाँच अभिनेत्री

विराटनगर, ६ मंसिर । हाँस्य सिरियलको नाम राखेर छायांकन सुरु गरिएको फिल्म ‘हिजो आजका कुरा’मा पाँच नायिकाहरूको मुख्य अभिनय रहेको छ ।

धेरै निर्माता तथा निर्देशकहरूले थोरै पारिश्रमिकमा काम गराउन सकिने भन्दै नवअभिनेत्रीहरू भित्र्याउनतिर लागिपरेको बेलामा पुराना कलाकार सन्तोष पन्तले भने आफ्नो नयाँ फिल्म ‘हिजो आजका कुरा’ मा अहिलेका नाम चलेका अभिनेत्रीको भिड लगाएका छन् ।

एक साताअगाडि मात्र छायाँकन सुरु भएको ‘हिजो आजका कुरा’मा अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की र अनुष्का अधिकारी गरेर पाँच अभिनेत्री नायिकको रूपमा मुख्य भूमिकामा रहेका छन् । निर्माण टिम र फिल्मको कथा र उनीहरूलाई दिइएको भूमिका राम्रो भएकोले फिल्म पनि राम्रो बन्ने विश्वासका साथ यी नायिकाहरू फिल्ममा जोडिएको र आफूहरू फिल्ममा जोडिन पाउँदाको खुसी व्यक्त गरेका छन् ।

फिल्ममा हाँस्य कलाकार सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहेको छ । फिल्ममा नितेशराज पन्त, रमेश अधिकारी र सविन शाक्यलगायतका कलाकारहरूको पनि अभिनय रहने छ । फिल्म्बता विनायक कुइँकेल र अनुष्का अधिकारीले फिल्ममा डेब्यू र सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशनमा डेब्यु गर्दै छन् ।

पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा सन्तोष र साकारको कथा, सन्दीप किस्नाको पटकथा, हर्कुलस बस्नेतको संगीत रहने छ । फिल्म २०७७ सालको बैशाख १२ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...