fbpx

कयर खोलामा १५ वर्षपछि पुल, स्थानीय भन्छन्– ‘स्कुल जान सजिलो भयो’

विराटनगर, ६ मंसिर । पुल नभएका कारण बर्खामा स्कुल जान नपाएका मोरङ बेलबारी ७ सन्थाल टोलका बालवालिकाले अब निरन्तर स्कुल जान पाउने भएका छन् । कयर खोलामा पुल नहुँदा समस्या भोग्दै आएका विद्यार्थीले पुल निर्माण सुरु भएपछि अब सहज रूपमा स्कुल जान पाउने भएका हुन् ।

बाहुनी–कसेनी जोड्ने सडकमा पर्ने कयर खोलामा पुल थिएन । ‘हिउँदमा विद्यार्थी स्कुल आएपनि बर्खामा गाह्रो हुन्थ्यो’ स्थानीय तिर्थ भट्टराई भन्छटन् ‘अब सतार टोलका विद्यार्थी सधैँ स्कुल आउन पाउँछन् ।’

बाहुनीमा सञ्चालित रामजानकी आधारभूत विद्यालयमा सतार बस्तीबाट २५–३० जना बालबालिका अध्ययनका लागि आउँछन् । ‘म २०६१ सालमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदा खोलामा पूल निर्माणका लागि पहल गरेका थियौं,’ उनले भने, ‘१५ वर्षपछि पुल बन्न थाल्यो ।’ स्थानीय हरिचन्द्र नेपाली पुल बनेपछि कसेनी र बाहुनी सडकमा यात्रा गर्न सहज हुने बताए ।

sdf

बिहीबार कयर खोला पुलको शिलन्यास प्रदेश १ का प्रदेशसभा सदस्य विजय विश्वासले गरेका थिए । पुल निर्माणका लागि आफूले पहल गरेको बताउँदै विश्वासले बैशाखभित्र ठेकेदारलाई काम सक्न निर्देशन दिए । पुल बनेपछि बाहुनी कसेनीका सर्वसाधरणलाई सहज हुने उनको भनाइ छ ।

प्रदेश सरकार मातहत रहेको पूर्वाधार विकास कार्यालय मोरङले निर्माण गर्ने सो पुलको लागत २ करोड ९४ लाख ३९ हजार ४ सय ४४ रुपैयाँ छ । पुल निर्माणका लागि बिटी निर्माण सेवा काठमाडौंले ठेक्का पाएको छ । कम्पनीले आगामी बैशाखभित्र पुल निर्माण सक्ने बताएको छ ।

Loading...