fbpx

लिभरकुसेनको नजर यी दुई बार्सिलोनाका खेलाडीमाथि

एजेन्सी, ६ मंसिर । जर्मन क्लब बायर लिभरकुसेनले स्पेनिस क्लब बार्सिलोनाका २ खेलाडीमाथि आफ्नो इच्छा प्रकट गरेको छ । स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार बार्सिलोनाका युवा खेलाडी जेन–क्लेयर टोडिबो र मौसा वेगुलाई क्लबमा अनुबन्ध गर्न लिभरकुसेनले मनसाय बनाएको हो ।

बुन्डेस लिगा क्लब लिभरकुसेनले नजर लगाएका टोडिबो १९ वर्षीय खेलाडी हुन् । फ्रान्सका यी युवा खेलाडी यसै सिजनबाट बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै आएका छन् । उनले यस सिजनको ला लिगामा २ वटा खेल खेलिसकेका छन् ।

sdf

यता, २१ वर्षीय वेगुले पनि ला लिगामा ३ खेल खेलिसकेका छन् । सेनेगलका यी खेलाडीले पनि यसै सालबाट बार्सिलोनाको सिनियर टोलीमा डेब्यू गरेका हुन् । लिभरकुसेनले यी दुई खेलाडीको विषयलाई लिएर बार्सिलोनासँग छलफल गरिरहेको बताइएको छ ।

Loading...