fbpx

टी–१० लिगमा आज सन्दीप र पारसको भिडन्त हुँदै

विराटनगर, ६ मंसिर । युएईमा भइरहेको टी–१० लिग क्रिकेट प्रतियोगितामा आज नेपाली क्रिकेटरद्वय पारस खड्का र सन्दीप लामिछानेटको टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने उक्त खेलमा सन्दीपको टोली कर्नाटका टुसकेर्स र पारसको आबु धाबीले खेल्न लागेका हुन् ।

यी दुई टोलीबीचको खेल आबु धाबीस्थित शेख जायद स्टेडियममा हुनेछ । सन्दीपको टोली कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

जारी प्रतियोगितामा सन्दीप लगारतार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै मौका पाएका छन् । सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । पारसले २ खेलमा नट आउट चार रन बनाएका छन् ।

टी–१० को सुरुआती खेलमा सन्दीपले एक विकेट लिएका थिए भने दोस्रो खेलमा २ विकेट लिएका थिए । तेस्रो खेलमा विकेटविहीन भएको उनले चौथो खेलमा १ विकेट हात पारे । यस्तै सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए । यसैले आजको खेलमा कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । यता, पारसले पनि आजको खेलमा मौका पाउनले सम्भावना छ ।

Loading...