फ्राइडे रिलिज : आज हलमा आर्यनको ‘च च हुई’

विराटनगर, ६ मंसिर । फ्राइडे रिलिजअन्तर्गत आज मंसिर ६ गतेका दिन सोलो रिलिजको मौका पारेर नेपाली फिल्म प्रदर्शनमा आएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘च च हुईं’ आजबाट रिलिज भएको हो ।

फिल्मले मल्टीप्लेक्सहरूले खासै शो हात पारेको छैन । ‘वर्ष अफ माउथ’मा धेरै भर पर्नुपर्ने देखिएको फिल्मलाई वक्सअफिसमा सफल हुन धेरै चुनौती रहेको देखिन्छ । नेपाली वक्सअफिसमा आर्यनको ‘च च हुईं’सँगै बलिउड फिल्म ‘पागलपन्ती’, हलिउड फिल्म ‘फ्रोजन–२’ र ‘फोर्ड भर्सेज फरारी’ प्रदर्शनमा छन् ।

‘च च हुईं’मा आर्यनले विदेशबाट देश राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिका निर्वाह गरेका छन् । फिल्ममा आर्यनका र मिरुनाका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले निर्माण गरेका हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई नेपाल, हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिललगायतका रमणीय स्थानमा छायांकन गरिएको छ । सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको फिल्मको गीतमा राजनराज सिवाकोटी र रोशन थापाले संगीत भरेका छन् ।

Loading...