fbpx

खानापछि एउटा ल्वाङले हटाउँछ विभिन्न रोग

विराटनगर, ६ मंसिर । ल्वाङलाई धेरैजसो मसलाको रूपमा प्रयोग गरेको पाइन्छ । आयुर्वेधमा यसलाई औषधीय गुणहरू प्रशस्त मात्रामा पाइने हुँदा यसलाई औषधिको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।

दैनिक खान पछि एउटा ल्वाङको सेवनले स्वास्थ्यसम्बन्धी विभिन्न समस्यालाई समाधान गर्ने क्षमता राख्छ । ल्वाङमा पोटासियम र भिटामिन ‘ए’ का साथै एन्टिअक्सिडेन्ट, ‘एन्टी इफ्लेमेटरी’ गुण अत्यधिक मात्रामा पाइन्छ । ल्वाङको नियमित सेवनले शरीरको रोग प्रतिरोधी क्षमतालाई वृद्धि गराइ विभिन्न रोग लाग्नबाट बचाउँछ । दैनिक एउटा ल्वाङको सेवनले मुखमा थुकको उत्पादन धेरै मात्रामा गराउँछ । जसले खाएको खानालाई पचाउन मद्दत गरी एसिडिटी, ग्यास्ट्रिक, कब्जियत तथा पेटका अन्य समस्याहरूबाट राहत दिलाउन मद्दत गर्छ । ल्वाङको सेवनले छालालाई नरम र चम्किलो बनाइ छालालाई चाउरी हुनबाट जोगाउँछ ।

ल्वाङले शरीरमा कमजोरीबाट आउने समस्यालाई हटाउन सहयोग गर्छ । दाँत असाध्यै दुखेको खण्डमा ल्वाङलाई दाँतमा च्याप्ने गर्दा वा यसको तेल कपासमा लगाएर दुखेको ठाउँमा राख्दा दाँतको दुखाइ कम हुन्छ । ल्वाङले आँखाको ज्योतिलाई कायम राख्ने, मुखभित्र आउने घाउ खटिरालाई निको पार्ने, मुखबाट आउने गन्ध हटाउने, कोलेस्ट्रोलको मात्रा कम गरि मुटुसम्बन्धी समस्याबाट बचाउँछ ।

गाडी तथा प्लेनको लामो यात्रा गर्दा वाकवाकी आउने समस्या छ भने ल्वाङको सेवन गर्दा बान्ता हुँदैन । बिहान र बेलुका गरी दुई पटक ल्वाङको चिया पिउनाले पिनासको समस्या हटाएर, अनुहार चम्किलो पार्ने, दाँतको किरा मारेर दाँतलाई बलियो राख्न मद्दत गर्छ ।

Loading...