fbpx

कर्नाटका फेरी पराजित, सन्दीपको दुई विकेट

विराटनगर, ६ मंसिर । युएईमा जारी टी– १० क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटका टुसकेर्स क्वालान्दर्ससँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा क्वालान्दर्ससँग ३२ रनले पराजित भएको हो ।

क्वालान्दर्सले दिएको १ सय ३१ रनको लक्ष्यसहित ब्याटिङ गरेको कर्नाटका ९८ रनमा समेटिएको थियो ।

कर्नाटकाका लागि रायन टेन डेस्काटेले २५ रन जोड्दा जोनसन चार्ल्सले २४ रन जोडे । टस जितेर पहिले ब्याटिङ क्वालान्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको योगफल तयार पारेको थियो । क्वालान्दर्सका टम बान्टोनले ८० रन बनाए ।

क्वालान्दर्स विरुद्ध बलिङ गरेका सन्दीप लामिछानेले २ विकेट लिए । सो खेलमा उनले ३० रन खर्चिएका थिए ।

कर्नाटकाले ५ खेलबाट ३ अंक जोड्दै समुह तालिकाको पुछारमा छ ।

Loading...