fbpx

जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा महराको निवेदन

काठमाडौं, ५ मंसिर । जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनमा पुगेका छन् । काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउने निवेदनसहित महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका हुन् ।

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी एक महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा महरालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको थियो । कात्तिक १८ गतेकाे आदेश पछि उनी डिल्लीबजार कारागारमा छन् ।

Loading...