fbpx

एनसेलले २१ अर्ब कर तिर पुग्ने

काठमाडौं, ५ मंसिर । सर्बाेच्च अदालतले दूरसञ्चार कम्पनी एनसेलले २१ अर्ब १० करोड रुपैयाँ कर तिनुपर्ने फैसला गरेको छ । बिहीबार फैसलाको पूर्णपाठ सार्बजनिक गरेको सर्बाेच्चले २१ अर्ब १० करोड कर तिर्नुपर्ने फैसला गरेको हो ।

एनसेलले यसअघि नै करिव २३ अर्ब तिरिसकेको छ । सर्वोच्च अदालतको फैसलाका कारण ठूला करदाता कार्यालयले गरेको कर निर्धारण भन्दा करिव १८ अर्ब कम हो ।

सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले एनसेललाई गरिएको कर निर्धारणमध्ये जरिवाना शुल्क बदर हुने फैसला गरेको थियो । फैसलाको केही निर्णयमा न्यायाधीश सुष्मलता माथेमाले फरक मत राखेकी छन्।

Loading...