fbpx

बालोन डी‘ओरको पावर र्‍याङकिङ : भान डाइकको पछि–पछि मेस्सी र रोनाल्डो

एजेन्सी, ५ मंसिर । फुटबलको सवाधिक प्रतिष्ठित अवार्ड बालोन डी‘ओरको र्‍याङकिङ सार्वजनिक सार्वजनिक भएको छ । ‘बेट ३६५’ले हालै सार्वजनिक गरेको उक्त र्‍याङकिङमा नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भर्जिल भान डाइक अगाडि छन् ।

फ्रान्स फुटबल र फिफाले संयुक्त रूपमा प्रदान गर्ने उक्त अवार्डको प्रमुख दाबेदार लिभरपुलका भान डाइकलाई नै दाबेदारको रूपमा हेरिएको छ । भान डाइक सन् २०१८ को च्याम्पियन्स लिगका विजेता हुन् । उनले यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ को अवार्ड हात पारेका थिए ।

यस्तै उक्त वरीयतामा बार्सिलोनाका कप्तान मेस्सी दोस्रो स्थानमा रहँदा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । मेस्सीले अघिल्लो महिना मात्र फिफाको ‘द बेस्ट मेन्स प्लेयर’को अवार्ड हात पारेका थिए । मेस्सीसँग सर्वाधिक धेरै गोल गरेको कीर्तिमानी छ ।


यसैगरी बेट ३६५ ले सार्वजनिक गरेको पावर र्याङकिङमा युभेन्टसका स्टार रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाएका छन् । यसका अलाबा रोनाल्डोले पोर्चुगललाई यूइएफए नेशन्स लिगको उपाधि पनि जिताएका छन् ।

यसअघि रोनाल्डो र मेस्सीले समान पाँच–पाँच पटक बालोन डी‘ओर जितिसकेका छन् । डिसेम्बर २ मा घोषणा हुने उक्त बालोन डी‘ओर दौडमा मेस्सी र रोनाल्डो विश्व कीर्तिमान रच्ने दाउमा छन् । छैटौं पटक बालोन डी‘ओर जित्ने दौडमा मेस्सी र रोनाल्डो रहँदा भान डाइक भने दुवैलाई पछि पार्दै पहिलो पटक उक्त अवार्ड जित्ने दाउमा छन् ।

  1. भर्जिल भान डाइक– ४/९
  2. लियोनल मेस्सी–१८/८
  3. क्रिस्टियानो रोनाल्डो– ८/१
  4. साडियो माने– २५/५१
  5. रहिम स्टर्लिङ– ६६/१
Loading...