‘मन परेसी पर्‍यो पर्‍यो’ मा आकाश र पूजा अनुबन्धित

विराटनगर, ५ मंसिर । केही समयअगाडि मात्र घोषणा भएको नयाँ फिल्म ‘मन परेसी पर्‍यो पर्‍यो’मा मुख्य भूमिका निर्वाह गर्नका लागि दुई कलाकारहरू अनुबन्धित भएका छन् । रघु परियारको निर्माणमा तयार हुन लागेको फिल्म ‘मन परेसी पर्यो पर्यो’ मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अनुबन्ध भएका हुन् । बुधबार नै आकाश र पूजा यस फिल्ममा अनुबन्ध भएको बताइएको छ ।

af

रूपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजाका साथै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानालगायत कलाकारको अभिनय रहनेछ । लभस्टोरीमा आधारित रहेर फिल्मलाई कमेडी र एक्सनयुक्त पनि बनाउने भएको छ । फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा रहेर संयुक्त निर्माण हुने फिल्मको छायांकन पुषको अन्तिम साताबाट हुने निर्देशकले बताए । रूपेशले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताएका छन् ।

यद्दपि, पूजाले एक स्टाटसमार्फत आफूले यस फिल्ममा हस्ताक्षर नगरेको बताएकी छन् । उनले बुधबारै सामाजिक सञ्जाल फेसबुकमा आफूले यस फिल्मका लागि साइन हस्ताक्षर नगरेको र सहमति पनि नजुटाएको उल्लेख गरेकी छन् ।

sdfg

फिल्म छायांकनमा नजाँदै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । आउँदो चैत २८ गतेलाई ‘मन परेसी पर्‍यो पर्‍यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ भने फिल्म ‘प्रेमगीत ३’ संग भिडन्त गर्ने पक्का भएको छ । फिल्मको प्रि–प्रडक्सनको काम भइरहेको छ ।

फिल्म चितवन र कालिञ्चोकमा छायांकन हुने भएको छ भने फिल्मको गीतहरूमा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत रहनेछ ।

Loading...