fbpx

‘२०१९ को बालोन डी‘ओर मेस्सीको हो’

एजेन्सी, ५ मंसिर । नाइजेरियन फुटबलर जोन ओबी मिकेलले सन् २०१९ को बालोन डी‘ओर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जित्ने दाबी गरेका छन् । हालै एक मिडियासँग दिएको अन्तर्वार्ताका क्रममा टुर्किस क्लब ट्राब्जोनस्परबाट खेलिरहेका खेलाडी मिकेलले यो पटकको बालोन डी‘ओर अर्जेन्टिनी स्टार मेस्सीको भएको बताए ।

फ्रान्स फुटबलले दिने फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ओरको उपाधि घोषणा डिसेम्बर महिनाको २ तारिखमा हुँदैछ । जसका लागि मेस्सीसँगै लिभरपुलका च्याम्पियन्स लिग विजेता भर्जिल भान डाइक र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो पनि दौडमा छन् । तर, नाइजेरियाका मिकलले भने यो पटकको बालोन डी‘ओर अरु कसैको नभएर मेस्सीको नै भएको बताउँछन् ।

gdgh

१ वर्ष इंग्लिस क्लब चेल्सीमा खेलेका उनले मेस्सीको यो वर्ष राम्रो बितेको भएर पनि अर्जेन्टिनी नै यो पटकको बालोन डी‘ओरको हकदार भएको बताए । उनले भने, ‘२०१९ को बालोन डी‘ओर मेस्सीको हो । यो पटकले उनले नै यो अवार्ड जित्नेछन् । यो वर्ष उनले राम्रो गरेका छन् ।’

यस्तै उनलाई अफ्रिकन खेलाडीले बालोन डी‘ओर अवार्ड जित्ने सम्भावना कति ? भन्ने प्रश्नमा भने, ‘लिभरपुलका साडियो मानेको सम्भावना छ । तर, मेस्सी अझै पनि मानेभन्दा माथिल्लो स्तरका खेलाडी हुन् । उनले अरु कसैलाई जित्न दिँदैनन् ।’

फ्रान्स फुटबल र फिफाले संयुक्त रूपमा प्रदान गर्ने उक्त अवार्डमा लिभरपुलका भान डाइकलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । सन् २०१८ को च्याम्पियन्स लिगका विजेता भान डाइक यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ बन्न सफल भएका थिए ।

यस्तै अर्जेन्टिनी कप्तान मेस्सी पनि यस अवार्डका प्रमुख हकदारको रूपमा हेरिएको छ । मेस्सीले अघिल्लो महिना मात्र फिफाको ‘द बेस्ट मेन्स प्लेयर’को अवार्ड हात पारेका थिए । यस्तै युभेन्टसबाट २ वटा उपाधि जितेका रोनाल्डोलाई पनि हकदारको रुपमा हेरिएको छ । बालोन डी‘ओर दौडमा मेस्सी र रोनाल्डो विश्व कीर्तिमान रच्ने दाउमा छन् ।

उनीहरू समान पाँच–पाँच पटक बालोन डी‘ओर जितिसकेका छन् । अब उनीहरू छैटौं पटक बालोन डी‘ओर जित्दै कीर्तिमान बनाउन चाहान्छन् । यता, भान डाइक भने दुवैलाई पछि पार्दै पहिलो पटक उक्त अवार्ड जित्ने दाउमा छन् ।

Loading...