fbpx

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ नियुक्त भएका मन्त्रीहरूले राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् ।

sdaf

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले बुधबार साँझ हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तै, मोतीलाल दुगड, नवराज रावत र राजवीर मानन्धनरलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त राज्यमन्त्रीहरूले प्रधानमन्त्री ओलीबाट शपथ लिए ।

Loading...