fbpx

तातोपानी पिउनुका यस्ता छन् फाइदा

विराटनगर, ५ मंसिर । बाँच्नका लागि पानी एकदम आवश्यक हुन्छ । मानव शरीरमा पानीको मात्रा नपुगेको खण्डमा विभिन्न समस्याहरूले सताउन सक्छ । स्वास्थ्यका हिसाबले हेर्ने हो भने चिसो पानीले भन्दा पनि तातोपानीले शरीरलाई निकै फाइदा गर्छ ।

हरेक दिन बिहान उठेपछि चिसो पानीलाई तताएर पिउने बानी बसाउनु पर्छ । पानी उमालेपछि आफैँ शुद्ध हुन्छ । तातोपानीको सेवनले शरीरको विषाक्त पदार्थहरू निष्काशित भएर शरीरलाई शुद्धीकरण गर्छ । शुद्ध पानीले शरीरको पाचन प्रणालीलाई सक्रिय राखी स्वास्थ्यमा विभिन्न फाइदाहरू पुर्याउने गर्छ । पाचन प्रणालीमा गडबडी भएमा दिनमा २ देखि ३ पटक तातोपानी पिउने गर्दा कब्ज्यत, ग्यास्ट्रिक तथा पेटका अन्य समस्याहरू हराएर जान्छ ।

बिहान–बेलुका तातोपानीको नियमित सेवनले खाएको खानालाई राम्रोसँग पचाएर पेटसम्बन्धी सबै समस्याहरू समाधान गर्छ । बिहान उठ्नेबित्तिक्कै मुख नधोइ एक गिलास तातोपानीको सेवनले शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू पिसाबसँगै बाहिर निस्किने गर्छ । शरीरको विषाक्त निस्केर जाँदा रगत पनि सफा हुन्छ ।

तातोपानी पिउँदा शरीरको तापक्रम बढेर पसिना निस्कने गर्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शरीर शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुनलाई बाहिर निकालेर रगतको शुद्धीकरणमा मद्दत पुर्याउने गर्छ । पेट र रगत रगत सफा भएसंगै कब्जियत र छालासम्बन्धी सबै समस्याहरू पनि हटेर जान्छ । घाँटी दुख्दा, टन्सिल हुँदा, रुघाखोकी तथा जोरो आउँदा तातोपानी पिउने गर्दा केही हदसम्म आराम मिल्ने गर्छ ।

महिलाहरूको महिनावारीको समयमा पेट, ढाड तथा टाउको दुखाइमा तातोपानीको सेवनले दुखाइ कम गर्छ । महिनावारीमा मात्र नभएर टाउको तथा पेटको दुखाइलाई पनि तातोपानीले निको पार्ने क्षमता राख्छ । तातोपानीमा नुन मिसाएर कुल्ला गर्दा वा पिउँदा घाटी तथा टन्सिलको समस्या हटेर जान्छ ।

हरेक दिन तातोपानीमा कागती र मह मिसाएर पिउँदा भोकलाई कम गरी शरीरको अतिरिक्त बोसोलाई पगालेर शरीरको तौल नियन्त्रणमा फाइदा पुर्याउँछ । एउटा व्यक्तिले मौसम, आफ्नो तौल र कामको अनुसार दैनिक दिनको २ देखि ३ लिटर पानी अनिवार्य पिउनु पर्छ ।

Loading...