fbpx

रियल मड्रिडले भन्यो : बेल हाम्रो टोलीका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्

एजेन्सी, ५ मंसिर । स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार खेलाडी ग्यारेथ बेल क्लबका सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएको छ । बुधबार रियलका एक सदस्यले वेल्सका स्टार बेल आफ्नो टोलीका उत्कृष्ट खेलाडी भएको जनाएको स्पेनिस मिडियाले मार्काले जनाएको छ ।

गत मंगलबार ‘वेल्स, गल्फ, मड्रिड इन द्याट अर्डर’ लेखिएको झण्डाको अगाडि पोज दिएको भन्दै आलोचित बेलमाथि समर्थकका थुप्रै प्रश्नहरू तेर्सिएका थिए । त्यसैबीचमा रियलका सदस्यमध्येकका एक जनाले बेल रियलका उत्कृष्ट खेलाडी भएको जनाएका हुन् ।

sadf

‘ग्यारेथ बेल हामीसँग भएका खेलाडीमध्येकै उत्कृष्ट खेलाडी हुन्’ बेलका बारे सोधिएको प्रश्नमा सदस्यमध्येका एक जनाले भनेका छन्, ‘बेलले अझैं हाम्रो क्लबलाई धेरै कुरा दिनेछन् ।’

पछिल्लो समय उनी रियलबाट बिदा हुने स्थितिमा पुगेको विषयमा पनि क्लबले बोलेको छ । ‘जहाँसम्म उनी जनवरीमा क्लबबाट निस्किने कुरा छ, त्यो गलत हो’, क्लबभित्रका एक आधिकारिक व्यक्तिले स्रोत नखुलाउने शर्तमा बताए’, ‘हामी उनलाई कहीँ जान दिनेछैनौं ।’

Loading...