fbpx

बाबुराम भट्टराई धर्नामा

गोरखा, ५ मंसिर । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा बसेका छन् । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई धर्नामा बसेका हुन् ।

उनी बूढीगण्डकी प्रभावित गोरखातर्फ आरुघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए । गोरखा–२ का सांसदसमेत रहेका भट्टराई धर्नाले आफू धर्नामा बसेको जानकारी सामानिक सञ्जाल ट्वीटरमा दिएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना ! यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरुन्त ध्यान पुगोस् !’

धर्नामा उनका साथमा नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी र धनमाया लामा पनि उपस्थित छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम छ ।

Loading...