fbpx

९ गतेबाट प्रशारण हुने ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक (भिडियोसहित)

विराटनगर ५ मंसिर । मंसिर ९ गतेबाट प्रशारण हुने भनिएको ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको प्रोमोमा ‘कमेडी च्याम्पियन’मा निर्णायकमा वरिष्ठ कलाकार सन्तोष पन्त, निर्देशक प्रदीप भट्टराई, हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री ऋचा शर्माका साथ दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र कार्यक्रमको सञ्चालन अभिनेत्री रीमा विश्वकर्मालाई देखाइएको छ ।

कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानेलबाट प्रसारण हुने कार्यक्रम राति ९ बजेदेखि १० बजेसम्म हुने आयोजकले जनाएका छन् । डिजिटल अडिसन भइसकेको कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गहिररहेका छन् । थ्री प्रोडक्शनले कार्यक्रमलाई निर्माण गर्न लागेको हो । डिसन राउन्डपछि टप २५ छनोट हुने र जसबाट क्रमशः १५ र ३ जना छनोट हुने छन् ।

टप ३ बाट विजेता छानेर विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । ‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । शो ६० प्रतिशत स्क्रिप्टिडेड हुने र सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रूपमा केकी, राज घिमिरे र सृजा थपलिया रहेका छन् । नेपालमा पहिलो पटक केमेडी शो हुन लागेको हो ।

Loading...