fbpx

भुटानमा कुवेतविरुद्ध खेलेको नेपाली टोली आज स्वदेश फर्कँदै

विराटनगर, ५ मंसिर । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेलेर नेपाली राष्ट्रिय फुटबल टोली आज बिहीबार स्वदेश फर्कँदै छ । मंगलबार कुवेतविरुद्धको होम म्याच खेलेको नेपाली टोली आज दिउँसो २ः२० बजे काठमाडौं ओर्लनेछ ।

नेपालले कुवेतविरुद्ध १–० गोलको हार ब्यहोरेको थियो । भुटानको चाङलिमिथाङ रंगशालामा भएको उक्त खेलमा कुवेतलाई जिताउन कप्तान बदर अल मतवा निर्णायक गोल गरेका थिए । नेपालले कुवेतविरुद्ध दोस्रो खेलमा पनि हार ब्यहोरेको थियो ।

विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको हार ब्यहोरेको थियो । छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको थियो कुवेत, जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो ।

Loading...