fbpx

उदयपुरमा आगलागीबाट १५ लाख बराबरको क्षति

उदयपुर, ५ मंसिर । उदयपुरमा आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ । उदयपुरको बेलका नगरपालिका–५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा १५ लाख मूल्यबराबरको क्षति भएको हो ।

बुधबार दिउँसो साढे १२ बजेको समयमा सोलार प्यानलबाट लाईन सर्ट भइ उक्त आगलागी भएको थियो । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Loading...