fbpx

ज्यामिर सर्किएर एकजनाको मृत्यु

मोरङ ५ मंसिर । मोरङ कानेपोखरीमा ज्यामिर खाने क्रममा सर्किदा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका ५ जदाहाका ६५ वर्षीय राजकुमार राईको ज्यामिर सर्किएर मृत्यु भएको हो ।

बुधबार दिउँसो साढे २ बजे स्थानीय रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा सर्किएर उनको मृत्यु भएको थियो । राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...