fbpx

मन्त्रिमण्डलमा पुराना कार्यकर्तादेखि उद्योगीसम्म

विराटनगर ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली पनर्गठन गरेको आज(बिहीबार) बिहान सपथ ग्रहण गराउने तयारी भइरहेको छ । मन्त्रि मण्डलमा नवलपरासी क्षेत्र १ बाट निर्वाचित हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै सर्लाही क्षेत्र ३ बाट रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पाँचथर क्षेत्र नम्बर १ बाट विजयी तत्कालिन एमालेका कार्यकर्ता बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै समानुपातिक सांसद तथा विराटनगरका उद्योगी मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । भक्तपुर क्षेत्र नम्बर २ का सांसद रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने सुर्खेत क्षेत्र नम्बर २ वाट निर्वाचित नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Loading...