fbpx

श्रीलंकाका प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति महिन्दा नियुक्त

विराटनगर ५ मंसिर । श्रीलंकाको प्रधानमन्त्रीमा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे नियुक्त भएका छन् । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षेले आफ्ना दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। महिन्दा राजापाक्षेले बिहीबार (आज) ७० वर्षका भाइ गोटभायासँग पद तथा गोपनियताको सपथ लिने छन्। सपथ लगत्तै महिन्दाले मन्त्रीमण्डल विस्तार गर्ने छन् ।

महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। महिन्दाले गोटभायलार्य रक्षा मन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए।

Loading...