fbpx

फ्रिजमा आलु राख्दा बन्न सक्छ क्यान्सरको कारण

विराटनगर ५ मंसिर । फ्रिजमा राखेपछि जुनसुकै तरकारीहरू ताजा रहिरहन्छ । अधिकांश मानिसहरूले धेरै जसो खानेकुरा तथा सागसब्जीलाई ताजा राख्नका लागि फ्रिजको प्रयोग गर्छन् ।

तर, धेरै जसोलाई फ्रिजमा राखेको खानेकुराहरुले स्वाथ्यमा नराम्रो असर गर्न सक्ने कुरा थाहा नहुन पनि सक्छ । बजार गएको बेलामा एकैपटकमा पछिको लागि भनेर धेरै तरकारी तथा अन्य सामग्रीहरू किनेर फ्रिजमा राख्ने गरिन्छ ।

तर, हामीलाई के कुरा फ्रिजमा राख्न हुने र राख्न नहुने कुराको बारेमा थाहा हुने गर्दैन । त्यस्तै, आलुलाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा आलु राख्ने गर्दा आलु धेरै दिनसम्म सुरक्षित रहला तर, फ्रिजको न्यून तापक्रमले आलुमा भएका पौष्टिक तत्व नष्ट गरिदिने गर्छ । आलुलाई फ्रिजमा राख्नु स्वास्थ्यको दृस्टीकोणबाट एकदम खतरनाक हुन जान्छ ।

आलुमा धेरै मात्रामा स्टार्च पाइन्छ र लामो समयसम्म आलुलाई फ्रिजमा राख्ने गर्दा फ्रिजमा हुने अत्यधिक चिसोको कारणले स्टार्च सुगरमा परिवर्तन हुन्छ । केहि समय बित्दै जादा फेरी त्यो बनेको सुगर खतरनाक केमिकलमा परिणत हुने गर्छ । र, लामो समय सम्म फ्रिजमा राखीएको आलुको सेवन गर्दा धेरै किसिमको क्यान्सरको कारण बन्न सक्छ ।

फुड स्टान्डर्ड एजेन्सी द्धारा गरिएको अनुसन्धानका अनुसार फ्रिजमा रहेको आलु पकाउने गर्दा त्यसमा भएको सुगर कन्टेन्ट, एमिनो एसिड एस्परेगिनको साथमा मिलेर एक्राइलामाइड नामको केमिकल उत्पन्न गराउछ । फ्रिजमा राखेको आलुबाट निस्किएको केमिकलले पेपर बनाउन, प्लास्टिक बनाउन र कपडामा डाइ गर्न प्रयोग गरिने गरिन्छ ।

उक्त अध्ययनले फ्रिजमा राखिएको आलुलाई उच्च तापमा पकाउने गर्दा त्यसमा पाइने स्टार्चले विभिन्न किसिमको क्यान्सर रोग लाग्ने अधिक सम्भावना हुन्छ भन्ने पुस्टि भइसकेको छ । आलुलाई उच्च तापमा पकाउनु पनि शरीरको लागि हानिकारक हुन सक्छ । आलुलाई फ्रिजमा राख्दा स्वादमा परिवर्तन आउनुका साथै कयौं प्रकारका संक्रमणका खतरा पनि रहने गर्छ ।

Loading...