fbpx

पत्रपत्रिकामा देश : ओलीलाई सरकार, दाहाललाई दल

विराटनगर ५ मंसिर । नेकपा एमाले र माओवादीबीच भएको एकीकरण भएको १८ महिनापछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच स्पष्ट कार्यविभाजन भएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

नयाँ निर्णय अनुसार नेकपामा ओली पूरै अवधि प्रधानमन्त्री हुने र दाहाल पार्टीको कार्यकारी अध्यक्ष बन्ने पक्का भएको हो । यो निर्णय पछि विगतमा भएको भनिएको आलोपालो प्रधानमन्त्रीको सहमति पनि प्रतिस्थापन भएको हो ।

यस्तै नागरिक दैनिकमा मन्त्रिपरिषद पुनर्गठन, नौ जना थपिए शिर्षकमा समाचार छ । अहिलेको मन्त्रि मण्डलबाट ७ जना बाहिरिए, उपेन्द्र र भानुभक्तको जिम्मेवारी हेरफेर भएको छ । हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, र रामेश्वर राय यादव, वसन्त नेम्बाङ, पार्वता गुरुङ, मोतलाल दुगड, नवराज रावत तथा रामवीर मानन्धर थपिएका छन् ।

मन्त्रिपरिषदबाट बाहिरिनेमा श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिला मन्त्री लालबाबु पण्डित, महिलामन्त्री थममाया थापा, कृािष्मन्त्री चक्रपाणी खनाल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादव रहेका छन् । स्वास्थ्य मन्त्रालयमा हालका कानूनमन्त्री भानुभक्त ढकाल र स्वास्थ्यमन्त्री उपेन्द्र यादव कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ पत्रिका दैनिकमा सरकार भव्य सफल, मन्त्री असफल शिर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य समाचार छ । सरकारले अघिल्लो आर्थिक वर्षमा गरेका सबै भन्दा उपलव्धिमूलक काममध्ये प्रधानमन्त्रीले सडक पूर्वाधारलाई प्रमुख मानेका छन् ।

प्रधानमन्त्रीले संविधान दिवसको दिन टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्रीले जुन जुन कामका लागि आत्मप्रशंसा गरेका थिए तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै विदा गरेका छन् । यसले प्रधानमन्त्री आफैँले प्रस्तुत गरेका सफलतामा उनैलाई शंका रहेको नयाँ पत्रिकामा समाचारमा उल्लेख छ ।

कालापानीका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहका निकाय तथा व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेर केही वर्षअघि अभिलेखालयलार्य बुझाएको थियो । खोजीको क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको हो ।

Loading...