fbpx

पत्रपत्रिकामा प्रदेश : आँगनमै आइपुग्यो सीमा स्तम्भ

विराटनगर ५ मंसिर । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ पिण्डालघुटुका बुद्धिलाल हेमरनको आँगनमै दुई देशको सीमास्तम्भ छ । २०५५ सालमा सीमास्तम्भ उनको आँगनमा आएको हो । २०७४ सालमा बाढी आएर राहत लिन गएको र फर्केर आउँदा ठुलो स्तम्भ देखिएको उनले बताए ।

पिण्डालघुटुदेखि १ किलोमिटर पूर्वमा पनि १९७९ सालमा निर्माण गरिएको जंगे पिलर नेपाली भूमिमा सारिएको छ । स्तम्भ नम्बर २६ लेखिएको सो स्तम्भ रहेको ठाउँ नेपाली भूमि भएको स्थानीय तथा गौरीगञ्ज गाउँपालिकाका कार्यपािलका सदस्य जेठा मुर्मूले बताए । २०५५ सालसम्म नेपाल भारत सीमा नजिकै बालुवाडाँगीमा साप्ताहिक हाट लाग्ने र त्यही हाटको विषयमा नेपाली र भारतीय पक्षबीच विवाद भएपछि भारतले सीमा वर सारेको उनको भनाई छ ।

विवाद पछि नापजोख भएपनि भारतीय पक्षले झुक्याएर नेपाली भूमिमा पिल्लर गाडेको उनको भनाई छ । सोही क्षेत्रमा भारतीयहरुले दशजगा भित्र कतै आलु खेती त कतै मकै खेती गरिरहेको समाचार ब्लाष्ट टाइम्समा छ ।

जिल्ला अदातल मोरङले फैसला कार्यान्वयनमा सहभागी नहुने दोषीलाई स्थानीय तहको सुविधाबाट वञ्चित गर्ने भएको छ । दोषी ठहर भएका तर कैद भुक्तान तथा विगो जरिवाना नतिरेका फरार प्रतिवादीलाई स्थानीय तहको सुविधा रोक्न लागेको कान्तिपुर दैनिकमा समाचार छ ।

मोरङका सबै १७ वटै स्थानीय तहलाई दोषी ठहर भएपनि सजाय भुक्तान गर्न बाँकी भएकाहरु तथ्यांक पठाइएको जिल्ला अदालत मोरङका प्रमुख जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालले बताए । मोरङमा कैद तथा जरिवाना भुक्तान गर्न ४२ सय वर्ष कैद र २५ करोड जरिवाना उठाउन बाँकी छ ।

उद्घोष दैनिकमा मीना र रेखा न्यायाधीशमा सिफारिस शिर्षकमा समाचार छ । न्याय परिषदले उच्च अदालतको न्याायधीशको लागि १२ जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको परिषदको बैठकले न्यायाधीशबाट ६ जना, अधिवक्तामध्येबाट ५ जना र न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाट १ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिस भएका मध्ये दुई जना विराटनगरमै बसेर कानून व्यवसाय गर्दै आएका महिला कानून व्यवसायी हुन् । मिना सेढाई र रेखा थापा उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिसमा परेका हुन् ।

विराटनगरमा चार आकाशे पुल शिर्षकमा जनविद्रोह दैनिकले मुख्य समाचार छापेको छ । विराटनगर महानगरपालिकाले चार आकशे पुलको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्विकृतीको लागि सडक विभागमा पठाएको छ ।

Loading...