fbpx

म फिट छु र रियलविरुद्ध खेल्छु : नेयमार

एजेन्सी, ५ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारले आफू पूर्ण रूपमा निको भइसकेको बताएका छन् । केही समयअघि घाइते भइ मैदानबाहिर रहेका नेयमारले आफू निको भइ च्याम्पियन्स लिगका लागि तयार रहको बताएका हुन् ।

फिट भएपछि उनको च्याम्पियन्स लिगको खेल खेल्ने सम्भावना बढेको छ । अभ्यासमा फर्किएपछि उनले रियल मड्रिडविरुद्ध खेल्ने पनि बताए । पीएसजी र रियलबीचको खेल नोभेम्बर २६ मा हुँदैछ । च्याम्पियन्स लिगको समूह चरणअन्तर्गतको उक्त खेल रियलै खेल मैदानमा बेर्नाबेउमा हुनेछ । रियल र पीएसजीबीचको खेल २६ नोभेम्बर राति १ः४५ बजेबाट हुनेछ ।

asf

त्यसअघि पीएसजीले लिग वानअन्तर्गत लिलेसँग खेल्नेछ । यो खेल भने आउँदो शुक्रबार राति १ः३० बजेबाट हुनेछ । पीएसजीकै मैदानमा हुने उक्त खेलबाट नै नेयमार मैदान फर्किन सक्ने जनाइएको छ ।

ब्राजिलियन स्टार गत अक्टोबरमा घाइते भएका थिए । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा घायते उनी केही समयदेखि मैदानबाहिर रहेका छन् । केही खेल गुमाएका नेयमार अहिले आफ्नो टोलीको प्रशिक्षणमा फर्किसकेका छन् । उनले भने, ‘मैले पूर्ण रूपमा निको भएको महसुस गरेको छु । र, च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्नेछु ।’

Loading...