fbpx

पोचेटिनोले जिदानलाई विस्थापन गर्न सक्ने

एजेन्सी, ५ मंसिर । हालै मात्र इंग्लिस क्लब टोटनह्याम हटस्परबाट बर्खास्तमा परेका मौरिजियो पोचेटिनोले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई विस्पाथन गर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । स्पेनिस मिडिया एएसका अनुसार मंगलबार राति मात्र प्रिमियर लिग क्लब टोटनह्यामबाट बर्खास्त भएका उनी जिदानलाई ‘रिप्लेस’ गर्न सक्ने सूचीमा छन् ।

फ्रेन्च कोच जिदानले नेतृत्व गरेको स्पेनिस क्लब रियलको प्रदर्शन खस्कँदो भएमा रियलले जिदानलाई हटाएर अन्य कोही प्रशिक्षकलाई क्लबमा अनुबन्ध गर्ने एएसको दाबी छ । र, रियलमा अनुबन्ध हुने प्रशिक्षकको सूचीमा अर्जेन्टिनी प्रशिक्षक पोचेटिनो पनि सजिलै अटाएका छन् । एएसका अनुसार आजभन्दा एक–दुई वर्षअघि नै रियलले उनलाई भित्र्याउने प्रयास गरेको थियो ।

gth

तर, जिदानले पुनः रियलको प्रशिक्षण सम्हालेपछि उनले मौका पाएनन् । जिदानले राजीनामा दिएको ९ महिनापछि पुनः रियलको नेतृत्व गरेका थिए । अहिले क्लबको प्रदर्शन खस्कँदो भएको भन्दै रियलले जिदानको विस्थापनका लागि प्रशिक्षक हेरिरहेको बताइएको छ । रियलले इटालियन क्लब युभेन्टसका मास्सिमिलियानो अलेग्री, इन्टर मिलानका एन्टोनियो कोन्टे, लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप र जर्मन क्लब आरबी लेइपिजका जुलियन नेगेल्सननमाथि नजर लगाइरहेको बताइएको छ ।

Loading...