fbpx

वादविवादमा विकेभिएमकी सुमिका प्रथम

विराटनगर, ४ मंसिर । विराटनगरमा सम्पनन विद्यालयस्तरीय वादविवाद प्रतियोगितामा विराटनगर–११ स्थित विकेभिएम बोर्डिङ स्कुलकी छात्रा सुमिका निरौला प्रथम भएकी छन् ।

लायन्स क्लब अफ विराटनगर युनाइटेड र लियो क्लब अफ विराटनगर युनाइटेडले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार विराटनगरमा आयोजना गरेको प्रतियोगितामा निरौला प्रथम भइन् ।

प्रतियोगितामा मार्टस बोर्डिङका आदित्य झा द्वितीय, मदरल्याण्ड बोर्डिङका सौगात गरागाईंले तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र ओम ढकालको निर्णायक समितिले पुरस्कृत विद्यार्थीको नाम घोषणा गरेको थियो ।

‘विज्ञान र प्रविधिभन्दा अध्यात्मले जीवनलाई सुखी बनाउँछ’ भन्ने विषयमा भएको प्रतियोगितामा ज्ञान सारथि बोर्डिङ स्कुल विराटनगरकी निमिशा बुढाथोकी र मोरङको पिनाकल ज्ञान मन्दिरकी छात्रा जेसिका दुलालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विजेता विद्यार्थीहरूलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए–वान का जोन चेयर पर्सन रमेश खत्री, लायन्स क्लबकी अध्यक्ष कला खड्कालगायतकाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Loading...