fbpx

सिरियामा इजरायलको मिसाइल आक्रमण

विराटनगर ४ मंसिर । इजरायलले सिरियाको सरकारी कार्यालय र इरानी सेनाको अड्डामा हमला गरेको छ । इजरालयमा रकेट हमलाको जवाफमा सिरियामा आक्रमण गरेको इजरायलले हमला गरेको जनाएको छ ।

इजरायली सेनाले रकेट हमला इरानले गरेको आरोप लगाएको छ । सिरियाले इजरायलको हमलामा परि २ जनाको मृत्यु भएको जनाएको छ । सिरियाले इजरायलको रकेट एयर डिफेन्स सिस्टमले राजधानी दमास्कसमा धेरै मिसाइल ध्वस्त पारेको जनाएको छ । तर अन्य रिर्पाेटमा हमलामा मृत्यु हुनेको संख्या धेरै रहेको उल्लेख छ । दमास्कसमा ठुलो आवाजमा विस्फोट भएको सुनिएको स्थानीयले बताए ।

इजरायली सेनाले मंगलबार विहान उत्तरी इजरायलमा सिरियाले चार रकेट आक्रमण गरेको जनाएको छ । तर ति रकेटलाई आकासमै ध्वस्त पारिएको उसले जनाएको छ । इजरायलले सिरियामा गृह युद्ध सुरु भएपछि बारम्बार हमला गरिरहेको छ । इजरायलले इरानी सेनाले मोर्चाबन्दी गरेर लेबनानको विद्रोही हिज्बुल्लाहलाई पनि हतियार उपलब्ध गराउने गरेको आरोप लगाउने गरेको छ ।

बुधबार भएको हमलाको बारेमा इजरायली सुरक्षा फौजले द्विट गर्दै जानकारी दिएको हो । इजरायलले हमलाको जिम्मेवार सिरिया भएको समेत जनाएको छ । इजरायलले रुसी सैन्य इलाकामा भने हमला गरेको छैन् । रुसले इजरायलले गरेको हमलाको आलोचना गरेको छ । इजरायलले लेबनानी क्षेत्रबाट हमला गरेको सिरियाले जनाएको छ ।

Loading...