fbpx

इमर्जिङ कपमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं ४ मंसिर । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले ३ रनले हराउँदै फाइनमा स्थान पक्का गरेको छ । ढाकामा भइरहेको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई ३ रनले हराएको हो ।

बुधबारको खेलमा २७६ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६४ रन मात्र बनाउन सक्यो । भारतलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

तर पहिलो बलमा एक रन दिएका अमद बटले दोस्रो बलमा शिवम माभको विकेट दिए भो तोस्रो बलमा रन नै दिएनन् । त्यसपछि लगातार एक रन दिए । उपाधिको लागि पाकिस्तानले अफगानिस्तान र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग भिड्नु पर्ने छ ।

Loading...