fbpx

‘लाल सिंह चड्ढा’को फर्स्टलुक पोस्टर सार्वजनिक

विराटनगर, ४ मंसिर । बलिउडका चर्चित अभिनेता आमिर खानको भूमिका रहेको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को सेटबाट सार्वजनिक भएको छ । फिल्मको पोस्टरलाई आमिर आफैँले इन्स्टाग्राममा सेयर गरेका हुन् । सार्वजनिक गरिएको पोस्टरमा आमिरलाई सरदारको भूमिका निर्वाह गरेको देख्न सकिन्छ ।

अनुहारमा हल्का मुस्कान, झप्प दाह्री, ठूलो–ठूलो आँखा र सादा कपडामा देखिएका आमिरको फोटो अभिनेता अक्षय कुमारको फिल्म ‘केसरी’ बाट प्रभावित भएको टिप्पणी आउन थालेको छ । उनी पहिलो पटक फिल्ममा सरदारको लुक्समा देखिएका हुन् । फिल्ममा अभिनेत्री करीना कपुरले आमिरको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।

asd

‘लाल सिंह चड्ढा’ हलिउड स्टार टम ह्याक्सको हलिउड फिल्म ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो । यो फिल्मले अस्कार अवार्ड समेत जितेको थियो । फिल्मको कथा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरूको कहानीमा आधारित रहेको छ । फिल्मलाई आमिरकी पत्नी किरण रावले निर्माण र अद्धैत चन्दनले निर्देशन गरेका हुन् ।

फिल्म सन् २०२० को क्रिस्मसको अवसरमा रिलिज हुने भएको छ । यसअघि फिल्मको मोशन पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

Loading...