fbpx

विराटनगरमा ‘फेस अफ मारवाडी किड्स’ हुँदै, फाइनलमा ४५ प्रतिस्पर्धी

विराटनगर, ३ मंसिर । एक नम्बर प्रदेशको राजधानी विराटनगरमा फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर २२ गते विराटनगरस्थित जैन भवनमा हुने उक्त प्रतियोगिताको फाइनलमा ४५ जना प्रतियोगी छन् । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ को संयुक्त आयोजना यो प्रतियोगिता हुन लागेको हो ।

फाइलनमा पुगेका ४ देखि १४ वर्षका बालबालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । फाइनलमा पुगेका प्रतियोगीहरू विराटनगर, इटहरी, धरानलगायतका सहरबाट सहभागी छन् । अध्यक्ष अग्रवालका अनुसार फाइनलमा पुगेका प्रतियोगिहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूलाई प्रशिक्षण दिँदै आएका छन् ।

मारवाडी बालबालिकाहरूमा भएको प्रतिभा उजार गर्नुको साथी उनीहरूको व्यक्तित्व विकास गराइ समाज निमार्णमा उल्लेखिनीय योगदान पु¥याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । विराटनगरमा हुने फाइनल भव्य र सभ्य तरिकाले हुने उनले बताए ।

‘विराटनगरमा लामो समयपछि फेस अफ मारवाडी किड्स हुन लागेको हो,’ अध्यक्ष अग्रवालले भने, ‘यो प्रतियोगिता निष्पक्ष र भव्य तरिकाले हुनेछ ।’ मारवाडी युवा मञ्चले आयोजना गरिएको फेस अफ मारवाडी किड्स पहिलो हो ।

Loading...