fbpx

वडाध्यक्ष घरनजिकै मृतावस्थामा फेला

बैतडी, ४ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष घरनजिकै मृतावस्थामा फेला परेका छन् । ५८ वर्षीय राजबहादुर चन्द बुधबार बिहान मृत भेटिएका हुन् ।

अध्यक्ष चन्द घरनजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएको वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए । वडाध्यक्ष चन्द गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका थिए ।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए । रासस

Loading...