सन्नी लियोन र दीपिकालाई उछिन्दै प्रियंका बनिन् गुगलमा अत्यधिक सर्च गरिने अभिनेत्री

विराटनगर, ४ मंसिर । बलिउडकी चर्चित अभिनेत्री प्रिंयका चोपडा भारतमा मात्रै नभएर संसारकै फेवरेट सेलिब्रेटी बन्न सफल भएकी छन् । पछिल्लो समय बलिउड र हलिउड दुबै चलचित्रमा खासै उनको अभिनय नरहे पनि हालै गरिएको एक सर्वेले उनी भारतीय अभिनेत्र मध्ये गुगलमा अत्यधिक सर्च गरिने अभिनेत्री सावित भएकी छन् ।

af

अक्टुबर २०१८ देखि अक्टुबर २०१९ सम्मको समयावधिलाई समेटेको सर्वेमा उनलाई ग्लोबल आइकनको रूपमा लिइएको छ । रिर्पोटको अनुसार २०१९ मा अभिनेत्री प्रिंयका चोपडालाई २.७४ मिलियन पटक सर्च गरिएको छ । अभिनेत्रीमा प्रिंयकापछि दोस्रो स्थानमा अभिनेत्री दीपिका पादुकोण र तेस्रोमा सनी लियोनी परेकी छन् ।

यस्तै अभिनेतातर्फ सलमान खानलाई भने अक्टुबर २०१९ मा १.८३ मिलियन पटक गुगलमा सर्च गरिएको छ । सलमानपछि दोस्रो स्थानमा अभिनेता शाहरुख खान र तेस्रो स्थानमा अमरिस पूरी पर्न सफल भएका छन् । अभिनेता र अभिनेत्री दुबैको तुलनागर्दा प्रिंयका चोपडाले सलमान तथा शाहरुखलाई समेत पछि पारेकी छन् ।

Loading...